सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । सत्ता गठबन्धन दलकाे मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । मन्त्रिमण्डलको भागबन्डा टुंगिएसँग बुधबार मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।
आज भएको सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेलाईआर्थिक मन्त्रालयसहित ३ मन्त्रालय दिने समझदारी भएको छ ।
यस्तो छ मन्त्रालयमा भएको भागबन्डाको समझदारी
माओवादी केन्द्र
१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय
एमाले
१. आर्थिक मामिला तथा योजना मन्त्रालय
२. सामाजिक विकास मन्त्रालय
३. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय