काठमाडौँ । अहिलेको अवसरलाई सदुपयोग गर्न नसकेमा मुलुक अँध्यारोतिर जानसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
स्थायी समिति बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै प्रचण्डले अहिलेको अवसरलाई सदुपयोग गर्न नसके मुलुक अँध्यारोतिर जानसक्ने बताएका हुन् । उनले आफूले देशको नेतृत्व पाउनुलाई अवसर र चुनौती दुबै भएको पनि बताए ।
प्रतिवेदनमा संगठनलाई व्यवस्थित गर्ने खाका समेत प्रचण्डले प्रस्तुत गरेका छन् । पार्टीको पोलिटब्यूरो, संगठन विभागलाई पूर्णता दिने र आयोगलाई पूर्णता दिने तयारी गरिएको हो ।