logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैन : रामनारायण बिडारी

    सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैन : रामनारायण बिडारी

    1.2K
    Shares
    सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैन : रामनारायण बिडारी

    काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसावबाट बुझ्न नहुने बताए । उनले सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बताए । उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भएपनि विपक्षी दलको व्याख्या नगरेको बताए । उनले नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गरे । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन । नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ ।

    उनले भने, ‘विपक्षी दलले कहिले पनि सरकारको समर्थन गर्न हुँदैन, कुनैपनि विषयमा हुँदैन, विपक्षी दल र सरकार भनेको टसल गर्ने तत्वहरु हुन् भन्ने प्रकारले बुझ्नु हुँदैन । त्यसो भए त बधाई दिनु पनि हुँदैन नि । शुभकामना दिनु हुँदैन । विश्वासको मत पनि सरकार गठन गरेको होइन, उसको सही छाप पर्दैन । उसले सही गर्नु पर्दैन । तर सरकार उसले गठन गरिदिएको भए त्यो विपक्षी हुँदैन थियो, सरकारले गठन भइसक्यो, तिमीलाई मेरो यति वर्षका लागि समर्थन छ भनेको न हो । यसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो । संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन । अरु कानूनमा पनि हेरियो छैन । विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ । विपक्षी दल भनेको को हो ? व्याख्या छैन । सरकारको विश्वास गरेको भन्दैमा विपक्षी दल हुनुबाट कट्टा हुन होइन ।’

    वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend