काठमाडौँ । सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, बैठकमा रास्वपाका सांसद भने अनुपस्थित भएका छन् ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।