logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

    मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

    1.4K
    Shares
    मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।

    पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो ।

    तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

    यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend