logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले लिनुपर्छ : देवेन्द्र पौडेल

    राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले लिनुपर्छ : देवेन्द्र पौडेल

    1.3K
    Shares
    राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले लिनुपर्छ : देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले) ले लिनुपर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले गर्दा राम्रो हुने धारणा राखेका छन् ।

    एमालेको लागि झनै राष्ट्रिय सहमति आवश्यक भएको बताउँदै उनले भने ‘गठबन्धनलाई जोगाउँदै अन्य दललाई पनि गठबन्धनमा सामेल गर्नु आवश्यक रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन जोगाउनका लागि सबैसँग छलफल गरिरहनुभएको बताए ।’

    उनले भने–‘सरकार गठनका बेलामा भएको गठबन्धनलाई कन्टीन्यु गर्नको निम्ति प्रधानमन्त्रीको तर्फबाट र हामी सबैको तर्फबाट सबैसँग छलफल भएको छ । यो गठबन्धनलाई जोगाउने मात्रै होइन, गठबन्धनको अतिरिक्त गठबन्धनमा सहभागि नभएका दललाई पनि ल्याएर देशका सामु उपस्थित राष्ट्रिय चुनौतिहरुलाई सामुहिक रुपमा नै फेस गर्नको निम्ति राष्ट्रिय सहमति गरौँ भनेका छौँ । कसैलाई हटाउने, कसैलाई निकाल्ने हाम्रो केही उद्देश्य पनि छैन । लक्ष्य पनि छैन । सबैलाई मिलाएर लाने प्रयत्न रहन्छ । एमाले पार्टी देशको प्रमुख पार्टी भएको हुनाले राष्ट्रिय सहमति झन चाहिनुपर्ने हो नि । उहाँहरुकै नेतृत्वमा त्यो भुमिका खेल्दा त झन सुनमा सुगन्ध हुनुपर्ने हो नि । त्यसकारणले राष्ट्र सामु उपस्थित समस्याहरुलाई मिलाएर जाऔँ भन्ने कुरामा एमाले रुष्ट हुनुपर्ने के कारण छ ?’

    यसैगरी माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताए । उनले भने– ‘अहिले राष्ट्रिय एकताको आवश्यकता हो । संसदमा सामेल भएका सबै राजनीतिक पार्टीहरु बीचको सहकार्य अहिलेको आवश्यकता हो । व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यकता हो ।’

    जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जनमत पार्टीलाई बोलाउन छाडिएको गुनासो गरे । उनले भने– ‘हामी लगायत अन्य साना दलहरुलाई बाइपास गर्ने नीति लिएर उहाँहरुले राजनीतिक संयन्त्रमा बोलाउन छोड्नुभएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend