logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक विदा : प्रधानमन्त्री प्रचण्ड

    जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक विदा : प्रधानमन्त्री प्रचण्ड

    1.9K
    Shares
    जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक विदा : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका छन् ।

    जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए ।

    उनले भने, ‘हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलनले यसको औचित्य सिद्धका गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।’

    प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र यसले ल्याएको परिवर्तन माओवादीको मात्रै नभएर समग्र राष्ट्र र जनताको सम्पत्ति भएको बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend