काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०८ अंकले घटेको छ । यससँगै सूचक २०९०.४८ विन्दुमा आएको छ । २ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ कम्पनीको ४५५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।