काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो ।
बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।