विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । अध्यक्ष ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए ।
अध्यक्ष ओलीले सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।