काठमाडाै । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ।
आज (सोमबार) प्रि ओपन सेसनमा ११ स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता शेयर खरिदबिक्री भएको छ।