काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनका बारेमा छलफल गरेका छन् ।
पछिल्लो समय राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दलका शीर्ष नेताहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।