काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सोमबार पोखराबाट काठमाडौँ आएलगत्तै प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा भेटवार्ता भएको हो ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री प्रचण्ड नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका छन् ।