logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको छ : ओली

    राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको छ : ओली

    903
    Shares
    राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको छ : ओली

    काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे । उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए ।

    उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’

    प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend