logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको छ : नेता निधी

    काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको छ : नेता निधी

    1.2K
    Shares
    काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको छ : नेता निधी

    काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताएका छन् । शनिवार काठमाडौंमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले तत्कालीनज अवस्थामा नेपाली काँग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसकेपनि काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताए । उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए ।

    उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । आज बिहान काँग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म अघि बढ्नेछ ।’

    नेता निधीले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म जारी रहने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend