logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नयाँ राजनैतिक यात्रा सुरुवात भयो: प्रधानमन्त्री प्रचण्ड

    नयाँ राजनैतिक यात्रा सुरुवात भयो: प्रधानमन्त्री प्रचण्ड

    1.7K
    Shares
    नयाँ राजनैतिक यात्रा सुरुवात भयो: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल नयाँ राजनैतिक यात्रा र सहकार्यमा गएकाे बताएका छन् । आज नेपाली काँग्रेसका पुराना नेता महेन्द्रनारायण निधि प्रतिष्ठान द्वारा आयोजित महेन्द्रनारायण निधी को १०१ औं जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले आसन्न राष्टपति निर्वाचनलाई इंकित गर्दै नयाँ सहकार्य र सहमतिको आधार बनेको बताएका हुन् ।
    प्रधानमन्त्री दाहालले संविधान को रक्षाको प्रश्न रहेको उल्लेख गर्दै शान्ति सम्झौता र बाह् बुँदे समझदारीका साझेदारहरु सँगको सहकार्य नै स्वभाविक हुने बताए । उनले तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले देश आफ्नो काँधमा रहेको बताएको उल्लेख गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता सहितका उपलब्धीहरु माथि खतरा आउन नदिन आफू अझै जिम्मेवार भएको बताए ।
    आफूले देश र जनतालाई माथि राखेर राष्टिय सहमतिको कुरामा जोड गर्दै आएतापनि नेकपा एमाले त्यसलाई स्वीकार गर्न नसकेको संकेत गरे । शुक्रवार भएको आठ दलीय सहमतिलाई राष्टिय सहमति नै भएको दाहालको भनाई छ ।
    संविधानमाथि विगतदेखि प्रहार हुँदै आएको उल्लेख गर्दै अव त्यस्तो अवस्था आउन नदिनुपने बताउँदै दाहालले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्टपति पद र संविधानप्रति ईमान्दार रहने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend