logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रियसभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

    राष्ट्रियसभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

    1.3K
    Shares
    राष्ट्रियसभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

    काठमाडौं । राष्ट्रियसभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आईतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

    बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘अव म प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु । विक्रम संवत २०१६ साल जन्मनु भएको प्रतिनिधिसभा सदस्य सहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । झापा भद्रपुर निवासी स्वर्गीय रहमान जनता समाजवादी पार्टी, नेपालको तर्फबाट २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गम्भिर समवेदना प्रकट गर्दछ ।’

    झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । उनको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा गत फागुन १३ गते (हिजो) निधन भएको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक फागुन १५ गते सोमबार अपरान्ह १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend