logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • परेन उजुरी राष्ट्रपतिका दुवै उम्मेदवार विरूद्ध

    परेन उजुरी राष्ट्रपतिका दुवै उम्मेदवार विरूद्ध

    875
    Shares
    परेन उजुरी राष्ट्रपतिका दुवै उम्मेदवार विरूद्ध

    काठमाडौँ । राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएको छ ।

    नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ ।

    राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend