logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    1.2K
    Shares
    राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताइन् ।

    सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताइन् ।

    उनले भनिन्, “परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ । त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ ।” चालीस सदस्य रहेको कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्र रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend