काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। ओपनर कुशल भुर्तेल घाइते भएपछि उनको स्थानमा नेपालले तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ।