काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।