logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • आसिफको शतकमा नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ९८ रनको विशाल लक्ष्य

    आसिफको शतकमा नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ९८ रनको विशाल लक्ष्य

    1.8K
    Shares
    आसिफको शतकमा नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ९८ रनको विशाल लक्ष्य

     

    काठमाडौं । ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

    कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९ ओभरमा १ बलमा सम्पुर्ण विकेट गुमाएर २९७ रन बनायो ।

    नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफल हो । यो भन्दा पहिला नेपालले नामिबियाविरुद्धको खेलमा २८६ रनको लक्ष्य पछ्याउँदै २८७ रन बनाएको थियो ।

    नेपालका लागि आसिफले ११० बल खेल्दै १० चौला र २ छक्काको सहयोगमा ११० रन बनाए। नेपालका लागि कुसल भुर्तेलले ४५ रन बनाउदा भिम सार्कीले ४४ रनको योगदान गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend