logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहाल र बेलायती हिन्दप्रशान्त सहायकमन्त्री एन्नी मरी ट्रेभेलियनबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र बेलायती हिन्दप्रशान्त सहायकमन्त्री एन्नी मरी ट्रेभेलियनबीच भेटवार्ता

    1.3K
    Shares
    प्रधानमन्त्री दाहाल र बेलायती हिन्दप्रशान्त सहायकमन्त्री एन्नी मरी ट्रेभेलियनबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त अधिराज्य बेलायतका हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानबीच शुक्रवार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

    उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन्। उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आइपुगेकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कदैँ छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend