काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) ले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो ।
उसका लागि सेसे बाउ, हिरी हिरी र किप्लिन डोरिगाले अर्धशतकीय पारी खेले ।
१०६ बलको सामना गरेका बाउले १० चौकाको मद्दतमा अविजित ८१ रन बनाए । एकदिवसीयमा उनको यो करियरकै उत्कृष्ट ब्याटिङ हो ।