logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • यूएईविरुद्ध कीर्तिमानी जित, नेपालले जोगायो एकदिवसीय मान्यता

    यूएईविरुद्ध कीर्तिमानी जित, नेपालले जोगायो एकदिवसीय मान्यता

    1.1K
    Shares
    यूएईविरुद्ध कीर्तिमानी जित, नेपालले जोगायो एकदिवसीय मान्यता

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध कीर्तिमानी जित निकाल्दै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकाल्दै नेपालले एकदिवसीय मान्यता कायम राख्यो । यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले निकालेको अहिलेसम्मकै फराकिलो जित हो । नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १५१ रनको जित निकाल्नु नै अहिलेसम्मको फराकिलो जित थियो ।

    आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो । त्यसअघि कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.२ सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend