logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मकै र गहुँको सट्टा कफी खेती

    मकै र गहुँको सट्टा कफी खेती

    1.8K
    Shares
    मकै र गहुँको सट्टा कफी खेती

    अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् ।

    कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् । मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताइन्। अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ ।

    शीतगङ्गा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाउनु भएको छ । भारतमा रोजगारी गर्दै आएका उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन्। अब थप पाँच हजार कफीका बिरुवा लगाउने उनको योजना छ ।

    अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए। आठ सय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । ‘यहाँको कफीको विदेशमा माग बढेको छ’, पाण्डेले भने ।

    अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टङ्कीलगाय कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend