logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : उम्मेदवार यादव

    गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : उम्मेदवार यादव

    1.5K
    Shares
    गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : उम्मेदवार यादव

    काठमाडौं । उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताएका छन् ।

    शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए । उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भुमिका रहने बताए ।

    उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्नेकुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु ।’

    उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे । १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend