logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यादवको सांसद पद रिक्त रहेको सभामुखद्धारा संसदलाई जानकारी

    यादवको सांसद पद रिक्त रहेको सभामुखद्धारा संसदलाई जानकारी

    1.1K
    Shares
    यादवको सांसद पद रिक्त रहेको सभामुखद्धारा संसदलाई जानकारी

    काठमाडौं । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराए । उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराएका हुन् ।

    यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend