काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ ।
नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।