काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ।
यो सेसनमा १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ। यो समयमा ३२ पटक कारोबार भयो।
कारोबारमा आएका १६ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ को स्थिर रह्यो।