logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा हुने

    इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा हुने

    1.1K
    Shares
    इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा हुने

    सुनसरी । सुनसरीमा जारी १३औं संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।

    इटहरी रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । आर्मीका दीपक गुरुङले आत्माघाती गोल गरेपछि चर्च ब्वाइज उपाधिनजिक पुगेको हो । २२औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी बेम्पाले प्रहार गरेको फ्रिकिकलाई दीपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्माघाती गोल हुन पुगेको थियो ।

    पहिलो हाफमा पाएको तीनवटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एकमात्र अवसरलाई पनि सुशान्त चौधरी खेर फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको हो ।

    दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्वाइजका विदेशी खेलाडी फ्रेकलिंक ताल्ला म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाए । यसअघि हिजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यी दुई टिमबीचको उपाधि भिडन्त आगामी शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend