काठमाडौं । ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ यो आवाज अब सदाका लागि अस्ताएको छ ।
रेडियो नेपालमा आफ्नो बोलीले एकछत्र राज गर्न सफल वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ ।
पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।
८६ वर्षीया ताम्राकारको गत मंगलबारदेखि न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । ताम्राकारले पछिल्लो समय इमेज एफएममा उज्यालो कार्यक्रम चलाउँदै आएकी थिइन् ।
ताम्राकारका तीन छोरी छन् ।