logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पेरिस ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको घोषणा

    पेरिस ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको घोषणा

    1.6K
    Shares
    पेरिस ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको घोषणा

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को छनोटका लागि २२ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक अनन्तराज थापाले अन्जिला तोम्बाफोको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन्।

    नेपाली टोलीले चैत २२ र २५ गते भियतनामसँग दशरथ रंगशालामा खेल खेल्दैछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

    नेपाली टोली फिफा वरीयतामा १०० औँ स्थानमा छ भने भियतनाम ३३ औँ स्थानमा छ। अर्थात एसियाली राष्ट्रहरुमध्ये भियतनाम शीर्ष चारमा छ। समूह सी का प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो।

    प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेड मार्केटिङ र ब्रोडकास्टिङको अधिकार पाएको एन्फाले जनाएको छ।

    प्रतियोगिताको अनुमानित लागत ४३ लाख रहेको छ। खेलहरुका लागि टिकट दर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend