logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउँछ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउँछ : रवि लामिछाने

    1.3K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउँछ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकीर गरेका छन् । बैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताएका हुन् ।

    अध्यक्ष लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पारे । उनले वाग्ले र खरेलजस्ता विज्ञहरुले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरुको अन्त्य हुने दावी समेत गरे । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आउनु भएको सिंगो देशका लागि उज्यालोको संकेत भएको उनको भनाई थियो ।

    सभापति लामिछानेले भने, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन । त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं । अन्त्यमा पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत र साथ दिनु भयो । म दुवै जना साथीहरुलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु । तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईहरु दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ । यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ । यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईहरुले एउटा आशाको किरण बालिदिनु भएको छ । एउटा ज्योति बालिदिनु भएको छ । यस अर्थमा तपाईहरुले यो मुलुकलाई, यो ठाउँलाई र तपाईहरुले सिंगो समाजलाई र र सिंगो देशलाई आशाको जुन किरण झल्काई दिनु भएको छ । यो गुण तपाईले लगाउनु भएको छ । मलाई विश्वास छ । आउँदै गरेको पुस्ताले तपाईले लगाउनु भएको यो गुणलाई सम्झने छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं । जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन । र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ । जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ । म त्यो दिनको सपना देखिरहेको छु । यो सपना मैले सुतेर, निदाएर देखेको सपना होइन ।’

    सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend