तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगेका छन् ।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।