काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले
आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिष्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।
फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ । भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।
फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा छ ।