बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा तिलौराकोटदेखि लुम्बिनीसम्म भएको म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा भएको म्याराथनमा नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भएका छन् ।
तिलौराकोटबाट लुम्बिनीको शान्ति दीपसम्मको ४२ किलोमिटर दुरीमा भएको दौड प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले बताए ।
म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद प्राप्त गरेका लुम्बिनी खेलकुद परिषद्ले जनाएको छ ।