logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन : सांसद सिंह

    विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन : सांसद सिंह

    889
    Shares
    विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन : सांसद सिंह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन् । बिहीवारको प्रतिनधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

    उनले सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरे । उनले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे । उनले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।

    उनले भने, ‘विदेश गएका हाम्रा युवाहरुले पठाएको पैसाबाट देश चलेको छ, उनीहरुले पैसा नपठाउने हो भने हाम्रो देश श्रीलंका र पाकिस्तान भन्दा पहिला नै असफल मुलुक भइसक्थ्यो । उनीहरुल हरेक दिन अंगभंग भएर फर्किएका छन्, बाकसमा फर्किएका छन् । उनीहरुको लागि सरकारले के सोचेको छ ? आज यो देशलाई श्रीलंका हुनबाट बचाउने नेताहरु होइनन्, विदेशमा भएका नेपालीहरु हुन् । तर उनीहरुको सुरक्षाका लागि सरकारले के गरेको छ ? आज यही सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न थालेको छ, त्यो पैसा करौडौं रुपैयाँ जो बाकसमा आएका छन्, अंगभंग भएका छन् उनीहरुका परिवारलाई दिनुपर्छ । बाँड्यो भने यो सरकारको सधैँ जयजयकार हुनेछ ।’

    सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे । उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend