logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल मंगलवारदेखि

    पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल मंगलवारदेखि

    959
    Shares
    पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल मंगलवारदेखि

    काठमाडौँ । मंगलवारबाट प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ देखि २०८० वैशाख २ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।

    खेलाडीको क्षमता वृद्धि र भलिबलको सर्वाङ्गिण विकासमा टेवा पु र्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रष्ठिानले जनाएको छ । प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी कुल ६ टोलीले प्रतिष्पर्धा गर्ने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ । लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।

    यस्तै, विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ ।
    प्रतियोगिता आयोजना गर्न अनुमानित कुल ५२ लाख रुपैयाँ लाग्ने प्रतियोगितालाई राखेपले २० लाख रुपैयाँ प्रदान गर्नेछ भने बाँकी रकम विज्ञापन र प्रतिष्ठानबाट जुटाउने प्रतिष्ठानले जानकारी दिएकाे छ । कार्यक्रम सफल बनाउनका लागि नेपाल भलिबल संघका अध्यक्षले प्राविधिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend