logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहालद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन

    प्रधानमन्त्री दाहालद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन

    1.4K
    Shares
    प्रधानमन्त्री दाहालद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् ।

    अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका थिए ।

    स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझैँ बढी मेरो जिम्मेवारी छ।’

    सोही अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गरे। सो अस्पतालको २०२९ साल चैत २४ गते स्थापना भएको हो । जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल विसं २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ । अस्प्तालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend