logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • आईपीएलमा हैदरावादको पहिलो जित

    आईपीएलमा हैदरावादको पहिलो जित

    812
    Shares
    आईपीएलमा हैदरावादको पहिलो जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै सनराइजर्स हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको छ ।

    आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले सहजै हरायो ।

    लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेको छ र आठौं स्थानमा छ । पञ्जावको तीन खेलबाट ४ अंक छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।

    पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन । आइतबारै कोलकताले गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

    तेस्रो चरणसम्म पुग्दा कम्तीमा सबै टोलीले एक खेल हारेका छन् । अहिलेसम्म जितविहीन रहने मध्ये दिल्ली क्यापिटल्सले लगातार तीन र मुम्बई इन्डियन्सले लगातार दुई खेल हारेको छ ।

    घरेलु मैदान राजीव गान्धी स्टेडियममा हैदरवादले १४४ रनको लक्ष्य १७.१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

    उसका लागि राहुल त्रिपाटीले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । उनले ४८ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान अइडन मारक्रमले २१ बलमा ४ चौका प्रहार गर्दै अविजित ३७ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि अविजित १०० रनको साझेदारी गरे । ओपनर मयंक अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन बनाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend