काठमाडाै । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ । गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२औँ र रोबर्टो फर्मिना ८७औँ मिनेटमा गाेल गरे ।
सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे । बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अङ्क छ भने उसले एक खेल कम खेलेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित आठौँ स्थानमा छ ।