logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एसीसी प्रिमियर कप: मलेसियासँग साउदी अरेबिया आठ विकेटले पराजित

    एसीसी प्रिमियर कप: मलेसियासँग साउदी अरेबिया आठ विकेटले पराजित

    1K
    Shares
    एसीसी प्रिमियर कप: मलेसियासँग साउदी अरेबिया आठ विकेटले पराजित

    काठमाण्डौ । काठमाडौँमा जारी  एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हो ।

    साउदी अरेबियाले दिएको एक सय ५४ रनको मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।

    यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भए । उसका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए । मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुई–दुई विकेट लिए ।

    यो जितसँगै समूह ‘ए’ मा रहेको मलेसियाले दुई अङ्क जोडेको छ । मलेसिया पहिलो खेलमा नेपालसँग पराजित भएको थियो ।

    एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend