logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कहाँ पुग्यो तयारी ?

    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कहाँ पुग्यो तयारी ?

    1.7K
    Shares
    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कहाँ पुग्यो तयारी ?

    काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

    यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने बताइएको छ । भारतबाट यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ ।

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको स्रोतले जनाएको छ ।

    तीन दिनसम्म हुने भ्रमणमा के के एजेण्डामा छलफल हुने भन्नेबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले तयारी गरिरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend