logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तनहुँ १ मा साढे ९ हजार मत गन्दा स्वर्णिम वाग्लेलाई ५ हजार भन्दा बढी भोट

    तनहुँ १ मा साढे ९ हजार मत गन्दा स्वर्णिम वाग्लेलाई ५ हजार भन्दा बढी भोट

    1.2K
    Shares
    तनहुँ १ मा साढे ९ हजार मत गन्दा स्वर्णिम वाग्लेलाई ५ हजार भन्दा बढी भोट

    काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन् ।

    निर्वाचन आयोगका अनुसार करिब ९ हजार २ सय ५७ मत गन्दा वाग्लेले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २ हजार ६ सय ६९ मतले पछाडि पारेका छन् ।

    वाग्लेले ५ हजार १९ मत ल्याउँदा भट्टराईले २ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् ।

    तनहुँ १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend