काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ ।
गायिका देबि घर्ती मगरको एकल आवाजमा रहेको गीतमा शब्द , कथा तथा अभिनय बोध श्री संगै रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खालीले गरेका छन्।
डि.आर. सुजनको संगीत, परिकल्पना र निर्देशनमा निर्माण गरीएको म्युजिक भिडियोमा करण चैशिरको छायांकन, विवेक सुनारले सम्पादन तथा मिलन विश्वकर्माले रंग संयोजन गरेका हुन् । म्युजिक भिडियोलाई बोध अनलाईन टि.भी. नामक युट्युव च्यानबाट सार्वजनिक गरिएको छ ।
“धुरु धुरु” गीतकी मोडल तथा रचनाकार बिमला हुमागाईको ‘अधबैशे आइमाई’ उपन्यास उनको चर्चित कृति हो।
हेर्नुहोस् भिडियो