logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रघुजी पन्तको टिप्पणी– प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ

    रघुजी पन्तको टिप्पणी– प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ

    1K
    Shares
    रघुजी पन्तको टिप्पणी– प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ

    काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ भएको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताएका हुन् । उनले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना समेत गरे । सांसदहरुले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गरे । सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस भन्ने आफूहरुले चाहेको पनि बताए । भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गदै उनले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस भनि कामना समेत गरे ।

    सांसद पन्तले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्वपूर्ण छ । प्रधानमन्त्रीको भारत भ्रमण राम्रो होस्, सफल होस् । र, त्यो मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि छ । तर सबभन्दा दुखको कुरा के हो भने सभामुख महोदय । यो भारत भ्रमणको एजेण्डाहरु के–के हुन ? भन्ने कुराहरु संसद चलिरहेको यो बेला पनि हामीले अखबारहरुमा पढनु परेको छ । बाहिर माध्यामहरुमा सुन्नु परेको छ । संसद भित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नु भएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भईसक्यो । त्यसैले यो महत्वपूर्ण विषयको बारेमा संसद भित्र छलफल होस् । आज पनि यस विषयमा कतिपय सांसदहरुले आफ्नो मत राख्नु भयो । सभामुख महादय, भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ । र, त्यो सम्बन्ध सुमधुर होस, सुदृढहोस् र, नेपालको लागि फलदायीहोस भन्ने हाम्रो चाहना छ ।’

    सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्ने मा पनि जोड दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend