logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधिसभाः पीछडिएका क्षेत्रका लागि विशेष कार्यक्रम संचालन गर्न सरकारसँग माग

    प्रतिनिधिसभाः पीछडिएका क्षेत्रका लागि विशेष कार्यक्रम संचालन गर्न सरकारसँग माग

    973
    Shares
    प्रतिनिधिसभाः पीछडिएका क्षेत्रका लागि विशेष कार्यक्रम संचालन गर्न सरकारसँग माग

    काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले पीछडिएका क्षेत्रका लागि विशेष कार्यक्रम संचालन गर्न सरकारसँग माग गरेका छन ।

    प्रतिनिधिसभाका सांसद भानुभक्त जोशी, महेन्द्रबहादुर शाहीलगायतका सांसदहरुले सुदूरपश्चिम र कर्णाली प्रदेश अन्तरगतको जिल्लाहरु पछि परेको उल्लेख गर्दै त्यसलाई अघि बढाउने गरी आवश्यक बजेटसहितको विशेष कार्यक्रम संचालन गर्न सरकारसँग माग गरेका हुन ।

    बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले आर्थिक सूचकांकको ७५ औं नम्बरमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशका बझाङ, बाजुरा, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाहरुको विकासका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विशेष व्यवस्था गर्न सरकारसँग माग गरे । उनले बझाङ जिल्लाको पालिकाहरु जोडने सडक निर्माणका लागि उचित बजेटको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    सांसद जोशीले भने, ‘आर्थिक सूचकांकमा ७५ औं नम्बरमा परेका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरु बझाङ, बाजुरा, दार्चुला, जुम्ला, हुम्ला, डोल्पालगायतका पीछडिएका क्षेत्रको अवस्था निकै नाजुक छ । आगामी वर्षको कार्यक्रममा ती पीछडिएका क्षेत्रका लागि विशेष कार्यक्रमको व्यवस्था गर्न माग गर्दछु । उचित बजेटको व्यवस्था गर्न माग गर्दछु ।’

    बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गत वर्ष साउनका पहिरोले बगाएको कालिकोट जिल्लाको सडक, खानेपानी तत्काल संचालनमा ल्याउने गरी कामलाई तीव्रता दिन सरकारलाई दवाव दिए । उनले पहिरोले त्यहाँका विभिन्न बस्तीहरु खानेपानी विहिन भएकोतर्फ सरकारको ध्यानाकर्षण पनि गराए । सांसद शाहीले भने, ‘गत वर्षको साउनमा गएको अविरल वर्षाका कारण कालिकोट जिल्लाको सिँचाई, खानेपानी, सडकसहितका धेरै बस्तीहरु पहिरोले लगेर त्यहाँ ठूलो क्षति भयो । र, कालिकोट जिल्लालाई गृह मन्त्रालयले संकटग्रस्त क्षेत्रको रुपमा पनि घोषणा गर्‍यो । तर हालको दिनसम्म खानेपानीको मुहान नबनाएर जनताले खानेपानी पाएका छैनन् । खेतमा सिंचाई हुन पाएको छैन । अझै पनि भत्किएका सडकहरु नबन्दा गाडीहरु सूचारु हुन पाएको छैन । तुरुन्तै सरकारको ध्यान जाओस् । र, यथाशक्य यो काम होस् ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले मुलुकको हवाई सेवालाई सुरक्षित बनाउन जोड दिनुपर्ने बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्न पनि सरकारसँग माग गरे । सांसद झाले भने, ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल उदघाटन भएको आज १४६ दिन भयो । लगभग २३ अर्व रुपैयाँ खर्चेर बनाइएको त्यो विमानस्थल १४६ दिनमा १८ दिन पूर्ण रुपमा संचालनमा आएन । र, ५ दिन पूर्ण रुपमा बन्द रह्यो । यति धेरै खर्च गरेर बनाएको विमानस्थल पनि पूर्ण रुपमा हामीले सदूपयोग गर्न सकिराखेका छैनौं । निर्धक्क रुपमा हामीले प्रयोग गर्न सकिराखेका छैनौं । विश्वमा सबै भन्दा सुरक्षित यात्राको रुपमा हवाई यात्रालाई लिईन्छ । तर हाम्रो देशमा हामी त्यसलाई निर्धक्क रुपमा प्रयोग गर्न पाईराखेका छैनौं । ढुक्क हुन सकिराखेका छैनांै । कृपया, यतिधेरै खर्च गरेर एयरपोर्टहरु हामीले खोलेका खोलेकै छौं । तर कतै पनि सुरक्षित छैन । त्यसमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद झाले करिव २३ अर्व खर्चेर निर्माण भएको सो अन्तराष्ट्रिय विमानस्थलको संचालन मुलुकले प्रतिफल पाउने गरी गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend