logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

    सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

    1.2K
    Shares
    सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन्।

    उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।

    राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदैँ प्रधानमन्त्रीले सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले भनेका छन्, ‘नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस, यही शुभकामना ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend