logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • समाजमा सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

    समाजमा सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

    875
    Shares
    समाजमा सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन् ।

    आईतवार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहीत गर्नुपर्ने बताए । उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्नेकुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताए ।

    उनले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान आवश्यक रहेको बताए । उनले विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको बताए ।

    उनले भने, ‘सूचनाको विकासका दृष्टिले र राष्ट्रिय एकता समाजमा एउटा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न पनि सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यक्ता छ । हामी उज्यालोतिर हेर्ने अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहीत गर्नुपर्छ । गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्नेकुरालाई उच्च प्राथमिकता दिन जरुरी छ । सामाजिक सद्भाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान सकिन्छ ? त्यसमा ध्यान दिन जरुरी छ । आजको विज्ञान प्रविधिको युगमा विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सदुपयोग गर्दै युग सापेक्ष बनाउन जरुरी छ ।’

    उनले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend